त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित एक महिला पक्राउ |

0
660

कार्तिक २६ काठमाण्डौ | प्रहरीले हिमालयन एयरको उडानद्वारा कतारबाट काठमाडौं आएकी सिराहा मिर्चैया नगरपालिका–२ घर भएकी रुवी कुमारी महतोलाई करिव दुई सय ग्राम सुनसहित सोमबार बिहान विमानस्थलबाट पक्राउ गरेको हो।
महतोले १ सय ९९ ग्रामको सुनको वाला ४ थानसहित लुकाइछिपाइ ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त परिमाणको सुनसहित उनलाई फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेकी महतोलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाएको प्रहरीले जनाएको छ। source nepalkhabar|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here