दक्षिण भारतीय नायक रामचरणको :(रंगस्थलम)आउंदै !

0
1271
Rangasthalam Movie HD Photos Stills Ram Charan Samantha Akkineni Images Gallery

चैत १३ काठमाण्डौ ! दक्षिण भारतीयका चर्चित नायक मेघास्टार चिरंजिभीका पुत्र नायक रामचरण हिजोबाट ३३ वर्ष लागेका छन् । तेलेगु फिल्मका सुपरस्टार फिल्मी क्षेत्रमा प्रवेश गरेको १० वर्षमै आफ्नो राम्रो पहिचान बनाउन सफल नायक हुन् रामचरण ! उनलाई उनका फ्यानहरुले मल्टी ट्यालेन्टेड रामचरण पनि भन्दछन् ,उनि भर्खर ३२ औं बसन्त पार गरी ३३ बर्षमा लागेको उपलक्ष्यमा उनका पिता चिरंजिभीले जन्म दिन पहिलानै जन्म दिनको उपहार दिएका थिए । जुन उनले सोसल मिडियामा सार्वजनिक समेत गरेका छन् ।२००७ मा प्रदर्शनमा आएको उनको फिल्म ‘चिरुथा’ले २२.०८ करोडको कमाइ गर्दै बक्स अफिसमा तहल्का मच्चाई उनलाई स्थापित गरेको थियो । उनलाई फिल्मी बजारमा मास इन्टरटेनरको रुपमा चिनिन्छन । उनी पछिल्लो पटक २०१६ मा रिलिज भएको ‘ध्रुव’मा अभिनय गरेका थिए । उनले चिरुथा, मागाधिरा, ओरेन्ज लगाएतका चर्चित फिल्म दक्षिण भारतीयलाई दिसकेका छन् । उनि फिल्म बाहेक समाज सेवामा पनि रुची राख्दछन ।
उनको फिल्म रंगस्थलम ३० मार्चबाट प्रर्दशनमा आउने तयारीमा रहेको छ । अहिले रंगस्थलमको धमाधम छायांकन कार्य चलिरहेको भारतीय मिडिया स्रोत बाट जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here