दयाहाङ बिना प्रियंका खाली खाली ?

0
1862

काठमाडौं – १२ माघ प्रदर्शन मिति जुराइएको चलचित्र ‘ह्याप्पी डेज’ले ‘खाली खाली’बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रम गर्दै रिलिज गरिएको गीत अभिनेत्री प्रियंका कार्की र नव अभिनेता सञ्जय गुप्ता माथी फिचरिङ गरिएको छ ।
गीतमा सञ्जयले प्रियंका बिना आफू ‘खाली खाली’ रहेको कुरा अभिनय मार्फत दर्शाएका छन् । तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको गीत गाएनमा संगीतकार लिम्बुलाई दीपा लामाले साथ दिएकी छन् । गीतको कोरियोकाग्राफीर निर्देशक मिलन चाम्सले नै गरेका हुन् ।
‘ह्याप्पी डेज’लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र हो । रोमान्टिक ड्रामा मिश्रित यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here