दयाहाङ राईकी श्रीमती बेनुका राइले , जोगियाको भिडियो सार्वजनिक गरिन

0
1168

चर्चित गीत ‘आउन ठूले फर्कि आउ’ को लामो अन्तरालपछि गायिका बेनुका राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘जोगिया’ बोलको गीत शशी सुमनको शब्द र सचिन सिंहको संगीत रहेको छ । दयाहाङले निर्देशन गरेको कुमार नगरकोटीको नाटक ‘झ्यालिञ्चा’को थिममा भिडियो छायाँकन गरिएको हो । भिडियोको निर्देशन भने सोमनाथ खनालले गरेका हुन् ।

भिडियोको कोरियोग्राफी र नृत्य नम्रता केसीको छ भने ‘झ्यालिञ्चा’का कलाकार बिजय बराल, रञ्जना ओली र नाटक लेखक कुमार नगरकोटी पनि भिडियोमा देखिन्छन् ।

यसभन्दा अगाडि बेनुकाको ‘पर्खाइ’ र ‘सा.. द फस्ट नोट’ गरी दुई एल्बम आएका छन् ।

भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here