चैत ५ काठमाण्डौ ! आउँदो जेठ १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली फिल्म ‘भैरे’का निर्देशक एभरेष्ट सुर्य बोहोराले आफ्नो कामलाई भगवान मानि र लगनताका साथ पुरा गर्ने (कर्म गर फलको आशा नगर) भन्ने मान्यतालाई आत्मशात गर्दै आफ्नो काममा बिश्वास गर्ने बताएका छन् । कतिपय फिल्म हरुको प्रमोशन हल्लैहल्लामा गरीन्छ तर, उनले आफ्नो फिल्म ‘भैरे’ त्यसरी प्रचार गर्न नचाहेको बताउँदै ‘काम राम्रो छ भने,दर्शकलाई अवश्य मन पर्छ, र दर्शक द्वारानै माउथ पब्लिसिटी हुन्छ ! त्यसैले मैले मेहनतका साथ गरेको छु , त्यसैले मैले पहिला दर्शकलाई आफ्नो काम देखाउन चाहान्छु ! अनि दर्शक द्व्रारानै मेरो कामको सहि मुल्याङकन हुन्छ ! शुरुवातमै चलचित्रको बारेमा अनेकप्रचार प्रसार गर्नुपर्छ जस्तो लाग्दैन मलाइ निर्देशक बोहोराले भने । फिल्म प्रदर्शन हुनुअघि फिल्मका बारेमा धेरै कुराहरु बढाई चढाई गरिन्छ, त्यसैले दर्शकहरुले धेरै अपेक्षा गरी चलचित्र हेर्न जानछन् ,जब दर्शकले अपेक्षा गरेको चिज पाउँदैनन् अनि दर्शकले गालिगरेको सुनिन्छ, यसले फिल्मका निर्देशक, निर्माता तथा पुरा टीमलाई समस्या पर्न जान्छ’, त्यसैले म नेपाली फिल्मप्रेमी दर्शकहरुलाई प्राइज दिन चाहान्छु उनले भने !
निर्देशक बोहोराले भने अरु म केहि भन्दिन दर्शकले चलचित्र हेरेर पुर्ण मनोरञ्जन लिन सक्ने छन् । चलचित्रमा सुनिल थापा ‘रातेकाईंला’, चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ ‘हैट’ जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छ भने, बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको यस फिल्म (भैरे)मा देख्न पाइन्छ।
नेपालय सिनेमा ईन्टरनेशनल प्रालिको ब्यानरद्धारा निर्मित निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘भैरे’को निर्माता द्वय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने, कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त फिल्ममा थोकरको द्दन्द निर्देशन रहेको छ ।
केहिदिन अघिमात्रै ‘भैरे’मा समावेश ‘सान्नानी लाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको थियो । गीतमा शब्द र संगीत,वसन्त सापकोटा, स्वर,यम बराल र वसन्त सापकोटा र मेलीना राई,संगीत संयोजन रिकेस गुरुङ, स्टुडियो ,प्रिज्मा रहेको उक्त गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने सम्पादन बबी शाहको रहेको छ । वर्षा सिवाकोटी, चर्चित नायक विक्रान्त बस्नेत र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’को आकर्षक नृत्य रहेको गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन काबिले तारिफ भनेको छ !