दाङको तुलसीपुरमा गोलि चल्यो, २ जना पक्राउ

0
2513

!!मङ्सिर २२ शुक्रबार < दाङको तुलसीपुरमा बिहिबार साँझ गोलि चलेको छ ! तुलसीपुर उपमहानगर पालिकाको अरनिको मैदान मतदान केन्द्रको मतपेटिका संकलनकेन्द्र भित्र केहि व्यक्ति जबर्जस्ति छिर्न खोजेपछि, दुई राउण्ड हवाई फायर गर्नु परेको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दीइन ! प्रहरीले स्थानिय घनश्याम नेपालि, र लिला बिकलाई पक्राउ समेत गरेको छ ! उनीहरु को हुन्, र किन मतपेटिका संकलन केन्द्र भित्र प्रवेश गर्न खोजे भनेर अनुसन्धान भैरहेकोएसपी सिंहले बताईन ! स्थानिय बासीले भने प्रहरीले बिना कारण हवाई फायर गरेर तुलसीपुरको शान्त बातावरणलाई आतंकित बनाएको आरोप लगाएका छन् ! प्रहरीले लखेटेर ति व्यक्तिहरुलाई पक्रेको थियो जबकि, हवाई फायर गर्नु आवश्यकनै थिएन ,भनेर स्थानिय बासीलेले भनेका छन् ! घोराहीबाट पाण्डव शर्माले जानकारी गराए ! आज भने दाङमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ! राति सम्म सबै मतपत्र भएका पेटिका आफ्नो स्थानमा आईपुग्ने जानकारी पाण्डव शर्माले गराए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here