दुर्घटनामा एकको मृत्यु !!

0
1151

मङ्सिर २९ शुक्रबार काठमाण्डौ !!
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको शिबसताक्षि १० भालुखोलामा शुक्रबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ! तिन् जना घाइते भएका छन् ! मृत्यु हुनेमा शिबसताक्षि ९ का २२ बर्षीय सनम कन्दंवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेश राईले जानकारी दिए ! पूर्वबाट पश्चिम तर्फ़ जाँदै गरेको बा १० च ९७१८ नं को मारुती भ्यानमा बिपरित तर्फबाट आउंदै गरेको मे ६ प २३३३ नं को मोटर साईकल ठक्कर खाँदा मोटर साईकल चालक कन्दंवाको मृत्यु भएको छ ! भ्यानमा सवार बिर्तामोड ५ का ३१ बर्षीय राजु दाहाल ,उनकी श्रीमति २८ बर्षीय अञ्जना दाहाल र सोहि ठाउँका ३६ बर्षीय गीता कार्की घाईते भएका छन् ! घाईतेको बिर्तामोड स्थित बिएंडसी अस्पतालमा उपचार भईरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here