दुर्घटनामा चालकको मृत्यु !

0
954

माघ २८ आइतबार काठमाण्डौ !
रसुवाको वेत्रावतीबाट पानि भर्न मैलुंग तर्फ जान लागेको ट्यांकर उत्तर गया ५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ! बा २ ख ७४१६ नम्बरको ट्यांकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशुली नदीमा पुग्दा चालक विदुर नगरपालिका ३ का २५ बर्षीय श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ! बिहान करिब ११ बजे दुर्घटना भएको ट्यांकर त्रिशुली नदीमा डुबेपछि श्रेष्ठको शव अपरान्ह २ बजे मात्र स्थानीयवासीको सहयोगमा नदीबाट बाहिर निकालिएको ईलाका प्रहरी कार्यालय कालिकास्थान प्रहरी निरिक्षक सानुबाबु भण्डारीले जानकारी दिए ! दुर्घटनामा ट्यांकर सडकबाट करिब ५० मिटर तल पुगेर नदीमा डुबेकोले उद्धार ढिलाई भएको प्रहरीले जनाएको छ ! शव परिक्षणका लागि जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा ल्याईएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here