देउवाका साला प्रदिप राणा : सिंह दरबारको मुख्य योजनाकार !

0
676

माघ १७ बुधबार काठमाण्डौ !
जाँदाजाँदै प्रधानमन्त्रि शेरबहादुर देउवाको ससुराली खलक आफन्तहरुले राज्यबाट लुट मच्याउने अनेकौं खेल सुरु गरेका छन् ! विजय गच्च्धारसंगै जितेन्द्रदेव कांग्रेस भईसके ! उनैले सम्हालेको मन्त्रालय हो पर्यटन जस अन्तर्गत नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारका रुपमा जर्मन वायुसेवा कम्पनि लुप्थान्सालाई भित्र्याउने अन्तिम चलखेल जारि छ ! त्यसको एजेन्टको रुपमा भूमिका खेलिरहेका छन् देउवाका साला प्रदिप राणाले, अहिले यहि मामिलामा सचिव पनि फेरिएको छ ! पर्यटनमा हुँदा शंकर अधिकारीले यसमा सहमतिमा माग गर्दै अर्थलाई पत्र पठाएका थिए ! उनि अहिले आँफै अर्थ मन्त्रालय सम्हाली रहेका छन् ! त्यसो हुँदा स्वयम्ले आफ्नै विगतको प्रस्तावमा ढिला नगरी सहमति दिनेनै भए ! त्यसमाथि कांग्रेसनै रुचाएको मान्छे परे ! यो प्रतिक्रिया तिब्र गतिमा अघि बढिरहेको छ ! संगसंगै उनीहरुको आँखा लागेको ठाउँ हो अर्बौं बजेट भएका लुम्बिनी कोष मङ्सिर १८ गते देखि त्यसमा सदस्य सचिव पद खालि छ ! स्रोतका अनुसार धनले भ्यायो भने ईट्टा व्यवसायी लक्ष्मी प्रसाद महर्जन आउँछ भन्ने मिडियामा खबर छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here