देउवाको राजिनामा माग्दै प्रदर्शन, दर्जनौ बिद्यार्थी घाइते ! माह्वल तनाब ग्रस्त !

0
1175

पुष १८ मंगलबार काठमाण्डौ !
नेकपा एमालेको भात्री संगठन अनेरास्ववियुले प्रधानमंत्री शेरबहादुर देउवाको राजिनामा माग गरेको छ ! निर्वाचनको मतपरिणाम घोषणा र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै प्रदर्शनका क्रममा झडप भएको छ ! राजधानीको त्रिचन्द्र क्याम्पस नजिकै झडप भएको हो ! बिध्यार्थीहरुले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठि चार्ज र अश्रु ग्यास प्रहार भएको हो ! अनेरास्ववियुका प्रबक्ता आरसी लामिछानेले भने प्रधान मंत्री देउवाको राजिनामा माग्दै नाराबाजी भैरहेका बेला प्रहरीले लाठीचार्ज गरेको बताए ! उनले प्रहरीको आक्रमणबाट दर्जनौ बिद्यार्थी घाइते भएको पनि बताए ! निर्वाचनमा हारपछि पनि राजिनामा नदिने प्रधानमन्त्रि परिणाम सार्बजनिक नगर्ने आयुक्तको रवैया बिरुद्ध हाम्रो प्रदर्शन हो लामिछानेले भने ,सरकार दमनमा उत्रिएको छ ! काठमान्डौ प्रहरी प्रमुख रबिन्द्र धानुकले भने ढुंगा प्रहारबाट प्रहरी जवान देवेन्द्र चन्द घाइते भएको बताए ! बिद्यार्थीहरुले निर्वाचन परिणाम सार्बजनिक नगरेको भन्दै बिरोध गरेका हुन् ! सो क्षेत्रमा अहिलेपनि अवस्था गम्भीर छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here