देउवाले देशका नाममा सम्बोधन गर्दै आज राजिनामा दिने भएकाछन् !

0
487

फाल्गुन ३ बिहिबार काठमाण्डौ ! प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो देशका नाममा आफु प्रधानमन्त्री भए सम्मका गतिविधिहरुको सम्बोधन गर्दै राजिनामा दिने भएका छन !आज बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठकमा प्रधानमन्त्रीले देशका नाममा र देशका गतिविधिहरुको सम्बोधन गर्दै राजिनामा दिने प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिएका छन् ! संयोजक परियारले भने , प्रधानमन्त्रिज्युले बिहिबार ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनु भएको छ ! देशका नाममा देशको गतिविधिहरुलाई सम्बोधन गरेर नयाँ सरकाका लागि उपयुक्त मार्ग निर्देश गर्ने बताइएको छ ! हिंजो बेलुका निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिणाम सहितको संसद्को नामावली राष्ट्रपतिलाई बिझाइसकेको छ ! आयोगले प्रतिनिधिसभामा निर्वाचित संसद्को सुची राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार बनाउने प्रक्रिया स्वत ;अघि बढ्ने बताइएको छ ! देउवाले हिजो राजिनामा दिने भनिएतापनि आयोगले राष्ट्रपतिलाई मतपरिणाम अबेला बुझाएको कारण नदिएका हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here