
माघ १५ सोमबार काठमाण्डौ !
माओबादि केन्द्रका अध्यक्ष प्रचन्डले राष्ट्रिय एकता सम्बृद्धिका लागि नयाँ सल्कल्प गर्न आह्वान गरेका छन् ! देशलाई अराजकतातर्फ लैजाने प्रयास भैरहेको भन्दै उनले आफुहरुले त्यस्तो हुन नदिने पनि प्रचन्डले बताए ! सोमबार प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचन्डले भने ,आर्थिक अराजकता तर्फ़ जान दिनुहुन्न ! त्यस्तो प्रयास भैरहेको छ !अब बाहिर निकाल्ने बेला हो ! वाम गठबन्धनले जनताका अगाडी गरेका प्रतिबद्धता पुरा गर्ने समेत उनले बताए ! देशलाई राजनीति स्थायित्व ,सुशासन सम्वृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै प्रचन्डले त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकार हरुलाई आह्वान गरे ! प्रचन्डले भने हामीले देखेका सपना पुरा भएका छैनन् ! तत्कालिन युद्धमा ,कलम बन्दुक र मादल मुख्य हतियार थिए !अब कलम मुख्य बनेको छ ! बाँकी सपना कलमका माध्यमबाट पुरा गर्नु पर्छ !