देश बिकाशका लागि क्रान्ति अझै गर्नु पर्नेमा जोड गर्दै अध्यक्ष प्रचण्ड !

0
207

चैत ६ काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रान्ति अझै नसकिएकोले निरन्तर क्रान्तिमा अगाडि बढ्न आव्हान गरेका छन् । राष्ट्रिय सभागृहमा जनसाँस्कृतिक महासंघ नेपालले आयोजना गरेको साँस्कृतिक प्रतिरोध दिवस तथा जनसाँस्कृतिक राष्ट्रिय सम्मान–२०७४मा माओबादि केन्द्रका अध्यक्ष प्रचन्डले क्रान्ति नसकेको र निरन्तर अगाडी बढी देशको बिकाशमा सबिले साथ दिन सबैलाई आग्रह गरेका छन ! अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव भए पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगरेको बताए । “साँस्कृतिक प्रतिरोध दिवस जनयुद्ध, जनआन्दोलन लगायतमा सहिद भएका बिर सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि ब्यक्त गर्दै जनयुद्ध, जनआन्दोलनमा सहिड भएका सहिदप्रति र घाइते अपाङ्ग कमरेडहरूमा सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्नु पर्छ अध्यक्ष प्रचण्डले भने, “मुलुकलाई एकताबद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान अभियानमा समर्पित हुने संकल्प गर्नुपर्छ। जनयुद्धको तयारी, १० वर्षे जनयुद्धको स्तर, जनआन्दोलन, गणतन्त्र, संविधान, संघीयता लगायतका गौरवमय उपलब्धिपछि अब समाजवादी क्रान्तिको अभियानमा रहेको र यसका सैद्धान्तिक, राजनीतिक पक्षको उचाइ निर्माण गर्ने अभियानमा समर्पित हुनुपर्ने उनको धारणा पनि ब्यक्त गर्दै अधयक्ष प्रचण्डले
हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दै साँस्कृतिक क्रान्तिलाई जीवन्त राख्न न्सकियेना भने विचलन आउने सम्भावना हुन्छ उनले भेन, “ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त साँस्कृतिक विचलन नआएता पनि त्यसपछि के होला भन्ने थाहा हुन सक्दैन। साँस्कृतिक क्रान्तिमा जनसाँस्कृतिक महासंघले खेलेको भूमिका प्रशंसा योग्य रहेको पनि अध्यक्ष प्रचण्डले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here