मङ्सिर १ काठमाण्डौ | पर्वतको कुश्मामा आयोजित दोस्रो मिस एण्ड मिसेस धौलागिरीको उपाधि बागलुङकी शिल्पा कार्कीले जितेकी छन्। अभ्यास इभेन्ट्स् प्रा.लि ले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज जितेकी हुन्।
कार्कीले उपाधीसँगै ५० हजार नगद पुरस्कार समेत जितेकी छन्। कक्षा १२ मा अध्ययनरत कार्कीले बेष्ट डान्सरको उपाधि पनि जितिन्। उनलाई प्रथम मिस धौलागिरी निरुता भण्डारीले ताज लगाइदिएकी थिइन् भने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेल र प्रतियोगिताका निर्णायकहरुले पुरस्कार र ट्रर्फी प्रदान गरेका थिए। भविश्यमा नायिका बन्ने लक्ष्य राखेको र नायिका बनेरै बाबुआमाको मुहारमा खुसी ल्याउने कार्कीको लक्ष्य छ। उनले नायीका बन्ने बाटोमा मिस धौलागिरीको उपाधिले थप हौसला थपेको प्रतिकृया दिइन्। यसैगरी, प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदी फस्ट रनअर अप भईन्।
स्पष्ट वक्ता रहेकी सुवेदीले मोष्ट ट्यालेन्ट उपाधि पनि हात पारिन्। उनले ३० हजार नगद पनि जितेकी छन्। भविश्यमा कुशल सञ्चारकर्मी बन्ने लक्ष्य राखेको सुवेदीले बताइन्। यसैगरी सेकेण्ड रनअर अप बागलुङकी साक्षी श्रेष्ठ भइन्। उनले १५ हजार नगद पुरस्कार हात पारिन भने मोष्ट फोटोजेनिकको उपाधि पनि जितिन्। यसैगरी भिउवर च्वाईस र मोस्ट स्माइलको उपाधि पर्वतकी अनुपा राईले जितिन्।
उनले १० हजार नगद पुरस्कार पाउन सफल भइन्। प्रतियोगितामा सहभागीहरु मध्ये सबैभन्दा पाको उमेरकी सहभागी सरु भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरियो भने उनले गुड पर्सानलिटीको उपाधि पनि जितिन्। मनिषा पन्त मोष्ट एक्टीभ, वेष्ट क्याटवाक अस्मिता सुनार, वेष्ट फिगरमा सम्झना अर्याल, वेष्ट भ्वाईसमा सम्झना लामगादे र वेष्ट हेयर रत्नालक्ष्मी कर्माचार्य हुन सफल भइन्। थाहा संवाददाता
.thahakhabar.com/news/