मङ्सिर २५ काठमाडौँ- एकसाथ प्रसारण सुरु गरेको दुई रियालीटी सो द भ्वाइस अफ नेपाल र नेपाल आइडल अन्तिम चरणमा रहेको छ । द भ्वाइस अफ नेपालले आफ्ना चार जना प्रतिस्पर्धीलाई ग्राण्ड फिनालेको अन्तिम चरणमा पुर्याएको छ ।
भ्वाइस अफ नेपालमा रहेका चार जना कोचहरुले आफ्नो टिम बाट १९१ जना छनोट गरेका थिए ।कान्तिपुर एच डि बाट प्रसारण भइरहेको सो बाट अन्तिममा ४ जना प्रतिस्पर्धीको छनोट भएको छ ।
अब भोटको आधारमा ४ जना प्रतिस्पर्धीबाट एक जनालाई ‘द भ्वाइस अफ नेपाल’ को विजेता घोषण गरिने छ ।टप ८ बाट टप चारमा आएको प्रतिस्पर्धीहरुसँगै आइतबार भएको सेमी फाइनलमा अतिथी कोचको रुपमा आएका दाजुभाई सत्यराज आचार्य र स्वरुपराज आचार्यले उक्त सोलाई निकै रमाइलो गरेका थिए ।