धर्मका ठेकेदार हरुलाई ठुलो झट्का : धर्म कसैको पेवा होइन | मुस्लिम आमा, छोरा कृष्ण भक्त |

0
782

भाद्र २२ काठमाण्डौ | बालबालिका निश्छल हुन्छन् । उनीहरु कसैमाथि कूदृष्टि र कूविचार राख्दैनन् । स्वच्छ मनका यी बालबालिका संसारको अवस्था भन्दा आफ्नो चोखो मनका कुरा गर्छन् । सबैको माया तथा स्नेहपूर्ण व्यवहार खोज्छन्, नपाए रुन्छन् । आफूलाई जस्तो लाग्छ, त्यस्तै व्यवहार गर्छन् । तर, जब ठूला हुन्छन्, तब उनीहरुको स्वच्छ मन, निश्कपटतामाथि विभिन्न व्यवहार र वातावरण दिएर समाजले उनीहरुलाई हिंस्रक र सभ्य बनाउन भूमिका खेल्छ ।

विश्वका कतिपय देशमा धार्मिक युद्ध भए । अहिले पनि धर्मको विषयलाई लिएर कयौं मुलुक युद्ध र अस्थिरताको चपेटामा परेको छ । उनीहरुलाई धर्मको विवाद होइन मानवताको कुरा गर्न सन्देश दिने खालको तस्विर सार्वजनिक भएको छ । धर्मभन्दा मानवता ठूलो भन्ने कुराको सन्देश दिने उक्त तस्विरले धार्मिक शास्त्रका कुरा भन्दा स्वयम् आफ्नो मनले, आफ्नो परिवार, समाज, देश र विश्वले के चाहन्छ भन्ने विषय महत्वपूर्ण रहने पाठ सबैलाई सिकाउन सक्षम भएको छ ।

भारतीय नागरिकले सामाजिक सञ्जाल ट्वीटरमा सम्पत सरल नामको ह्याण्डलमा पोष्ट गरेको तस्विरले सबैलाई धर्मको भन्दा मानवता, स्वच्छ मनको कुरा गर्न आह्वान गरेको छ । आमा मुस्लिम पोशाकमा छिन्, जसले उनी मुल्लिम धर्मालम्वी रहेको अनुमान गर्न सकिन्छ । उनको साथमा रहेको छोरा हिन्दूधर्मका भगवानको रुपमा पुजिने श्रीकृष्णको भेषभुषामा छन् । यही भदौ १७ गते श्रीकृष्णजन्माष्टमीको अवसरमा ती महिलाको छोरा कृष्णको भेषभूषामा सजिएर बाटोमा हिँडेको उक्त तस्विरमा देखिएको छ । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here