धुर्मुसले भने: हामीलाई राजनीतिक विवादमा फ़साइयो !!

0
1265

मङ्सिर २० बुधबार काठमाण्डौ !!
अहिले सर्बत्र राजनीतिक मात चढेको छ ! यस्तोमा मौकामा चौका हाने हरु तिब्ररुपमा सल्बलाउन थालेका छन् ! यस्तै धुर्तहरुको चपेटामा परे धुर्मुस र सुन्तली !
हामीलाई जोडेर सर्बसाधारणमा अन्यौल र हामीलाई बिबादित बनाउने प्रयास भएको छ, धुर्मुसले भने ! यसरि झुटकोखेति गर्नेहरुको हावा कुरा नसुन्नुहुन सबैमा आग्रह गर्दछु ! भएको के रहेछ त ? एकथरी मिडियाले लेखेछन् ,धुर्मुस र सुन्तलीले बाम गठबन्धनका लागि भोट मागे ! अर्काथरीले थपेछन् ,धुर्मुस र सुन्तली कांग्रेसको पक्षमा उभिए ! यसरि आपसमा बाझिने खबर फैलाएर धुर्मुस सुन्तालिका नाममा नाना भाँती गरिएको रहेछ ,! आफ्नो अनलाइनको भ्युज बढाउने स्वार्थले यस्तो कपोकल्पित खबर फैलाउने प्रति धुर्मुसले रोष प्रकट गरेका छन् ! हास्य कलाकारको आलोकमा उभिएर समाजसेवामा खटिएका छन् ,धुर्मुस सुन्तली ,,,अहिले उनीहरु रौतहटको सन्तपुरमा बाढी पिडितका लागि एकिकृत नमुना बस्ति बनाउनमा खटिएका छन् ! कलाकारिता प्राप्त नेम र फेमलाई समाजसेवामा जोडेपछि उनीहरुले देशविदेशमा लाखौँ शुभचिन्तक कमाएका छन्, यस्तो पृष्ठ भूमिमा धुर्मुस सुन्तलीको नामलाइ दुरुपयोग गर्नेहरुपनि सक्रिय छन् ! धुर्मुस भन्छन हामीलाई बिबादित बनाउनेगरि भ्रामक समाचार सम्प्रेषण गरेका प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ! हामीहरुले कुनै राजनीतिक दल ,समुह वा व्यक्तिलाई भोट हाल्न कहीं कतै, कहिल्ल्यै र कसैलाई पनि, आह्वान गरेका छैनौ भन्दै धुर्मुसले फेसबुकमा लेखेका छन् ! यस्ता नियोजित समाचार प्रति खेद प्रकट गर्दै माघ २४ गते बस्ति निर्माण गर्ने अठोटलाई सफल पार्न संधै साथ् र सहयोगको अपेक्षा गरेको धुर्मुसले बताए !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here