धेरै बर्ष पुरानो ब्राजिलको राष्ट्रिय संग्रहालयमा भीषण आगलागी ।

0
620

भाद्र १८ काठमाण्डौ । ब्राजिलको राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दि जेनेरियोमा रहेको ब्राजिलको सबैभन्दा पुरानो वैज्ञानिक संस्थामा आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिनका लागि अग्निनियन्त्रकहरु प्रयासरत छन् । आगलागी भएको २०० वर्ष पूरानो संग्रहालयमा दुई करोड भन्दा बढी सामानहरु संग्रहित छन् ।

स्थानीय समय अनुसार आइतबार भएको आगलागीमा परि कोही घाइते भएको वा कसैको ज्यान गए/नगएको अहिलेसम्म पुष्टि भएको छैन ।
संग्रहालय कुनै बेला पोर्चुगलको राजपरिवारको भवन थियो । यो वर्षको सुरुमा संग्रहालयले आफ्नो २०० औँ वर्षगाँठ मनाएको थियो । ब्राजिलियन टेलिभिजनमा देखाइएको तस्बिर अनुसार आगो भीषण छ ।

आइतबार सबै सेवा बन्द भएपछि आगलागी भएको अनुमान छ । आगो संग्रहालय रहेको पूरै भवनमा फैलिएको छ । यो संग्रहालय सन् १८१८ मा स्थापना गरिएको हो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

ब्राजिलका राष्ट्रपति मिसेल तेमेरले ट्वीट गरेर यो दिन सबै ब्राजिलियनका लागि दुःखद रहेको बताएका छन् । संग्रहालयमा आगलागीका कारण भएको क्षतिको मूल्यांकन कसै गरे पनि गर्न नसकिने उनको भनाई छ । संग्रहालयसँग आफूहरुको इतिहास जोडिएको उनले बताए ।

ब्राजिलियन टेलिभिजन ग्लोबोसँगको अन्तर्वार्तामा संग्रहालयका निदेर्शकले यो घटना ‘सांस्कृतिक त्रासदी’ रहेको बताएका छन् । संग्रहालयमा ब्राजिलसहित अरु देशका इतिहाससँग जोडिएका लाखौँ सामग्री छन् । यसमा इजिप्टको कलाका तथ्यहरु पनि संग्रहित छन् ।

यो संग्रहालयको प्राकृतिक इतिहासको संग्रहमा डाइनोसरका महत्वपूर्ण हड्डीहरु, १२ हजार वर्ष पुरानो महिलाको स्केलेटन (जुन अमेरिकामा पाइएको अहिलेसम्मकै पुरानो हो) सहितका महत्वपूर्ण ऐतिहासिक सामग्री छन् । स्रोत deshsanchar .com ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here