धेरै व्यक्तिहरुसंग नाम जोडीएकि अभिनेत्री नेहा धुपिया:अझैपनि अबिबाहित छिन् !

0
1402

माघ ११ बिहिबार काठमाण्डौ !
अभिनेत्री नेहा धुपियाले अहिले ३७ बर्षकी भएकी छन् ! (कयामत)बाट बलिबुडमा डेब्यु गरेकी धुपियाको नाम विभिन्न व्यक्तिहरु संग जोडिएर आए ,तर उनि अझैपनि अबिबाहित छिन् ! पछिल्लो समय (हिन्दि मिडियाम) (तुम्हारी शुलु)जस्ता फिल्ममा अभिनय गरेपनि हिरोइनका रुपमा उनको करियर माथि उठ्न सकेको छैन ! नेहाको पहिलो प्रेम राष्ट्रियस्तरका स्कबेस खेलाडी ऋतिक भट्टाचार्यसंग थियो ! नेहाको ऋतिकसंग लामै समय प्रेम चल्यो नेहा र ऋतिकको सन् २००० मा भेट भएको थियो ! भेटेको केहि समयपछि उनीहरुबीच प्रेम भयो ! उनीहरु झन्डै १० बर्ष रिलेसनमा रहे ! उनीहरुले बिहे गर्ने खबर पनि फैलिएको थियो ! तर एकाएक ब्रेकप भयो ! नेहाले ऋतिकसंग आफुनै छुट्टिएको बताएकी थिइन् ! ऋतिक रियालिटी शो फेयर फ्याक्टर खत्रोंके खेलाडीका रनरअप समेत थिए ! नेहासंग छुट्टिएपछि पिया त्रिवेदी संग बिबाह गरे ! नेहाको नाम क्रिकेटर युवराज सिंह संगपनि जोडियो नेहा र युवराज सन् २०१४ मा प्रेममा परेका थिए अभिनेत्री गायिका सोफी चौधरीको बर्थडे पार्टीमा गएका बेला नेहाको भेट युवराजसंग भएको थियो !त्यसपछि उनीहरु धेरै ठाउँमा संगै देखिए ! उनीहरुबीच केहि समय अफेयर चल्यो ! नेहाले आफु र युवराज प्रेममा नभएको दाबि गरिन ! त्यसको केहि समयपछि युबराजले हेजल किचसंग ईङ्गेजमेन्ट गरे ! क्रिकेटर युबराज पछि नेहाको नाम अमेरिका निवासी दन्त चिकित्सक जेम्स सिल्बेस्टरसंग जोडियो ! नेहाले जेम्सलाई आफ्नो प्रेमको यस्तो मोहमा पारेकी थिइन् ,कि नेहाकै कारण जेम्स मुम्बई सरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here