चैत १६ काठमाण्डौ । नमस्ते नेपाल रुपन्देही तिलोत्तमाले प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । देशको परिर्वर्तित सन्र्दभवमा प्रदेश सरकारले युवाहरुका मुद्धामा बिशेष ध्यान दिन आग्रह गदै नमस्ते नेपालले ज्ञापन पत्र बुझाएको हो ।युवाहरु स्वदेशमा स्वरोजगारका उद्यमी बन्ने प्रयासमा रहेको भन्दै नमस्ते नेपालले त्यस तर्फ प्रदेश सरकारले आवश्यक वातावरण बनाउन प्रयास गरोस भनि मुख्य मन्त्री पोखरेलको ध्यानार्कषण गराए ।
नमस्ते नपालका अध्यक्ष अर्जुन खरेलले युवाहरुको क्षयमतालाई स्वदेशमा प्रयोग गरि समृद्ध राष्ट्र बनाउन सकिने भन्दै त्यसको लागि प्रदेश सरकारले आगामि दिनमा युवालाई स्वदेशमा केही गर्न उर्जा प्रदान गर्ने खालका निति निर्माण गर्न माग गरे । युवाहरुले सवारी चालक अनुमती पत्र लिनका लगि बर्षो देखी समस्या भोग्दै आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सो समस्याको समाधानका लागि सम्बन्धीत कार्यालयलाई सुधार गर्ने तर्फ पहल ग्र्दीन मुख्य मन्त्रीलाई अग्रह गरिएको छ ।
सो ज्ञापन पत्र बुझदै मुख्य मन्त्री पोखरेलले युवाहरुको उर्जा बाटनै देशको समृद्धीन सम्भव रहेको भन्दै त्यस तर्फ आफु सचेत रहेको बताए ।