नयाँ चलचित्र बाँध मायाले को प्रचार प्रसार तिब्र |

0
654

असोज ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म बाँध मायाले प्रचारको नयाँ शैली अपनाएको छ । विशेषतः सामाजिक सञ्जाल फेसबुकमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो ।

नयाँ प्रचार शैलीमा ‘बाँध माया’ टिम
निर्देशक सविर श्रेष्ठले बताए अनुसार प्रत्येक दुई दिनमा फिल्म बाँध मायाले को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् । फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहनेछौँ, सविर भन्छन् ।

लभ स्टोरी फिल्म बाँध मायाले लाई सविर र रामहरि धिताल मिलेर बनाएका हुन् । निर्माताको रूपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा सङ्गीत अर्जुन पोखरेलले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here