नवलपरासीमा दुर्घटना तिनजना घाइते !

0
728

माघ २९ सोमबार काठमाण्डौ !
नवलपरासीको झुलनीपुर त्रिबेणी सडक खण्डको बदौलिमा मोटरसाइकल दुर्घटना हुँदा तिनजना घाइते भएका छन् ! जिल्लाको प्रतापपुर गाउँपालिकाको वडा नम्बर ५ बदौलीस्थित मुख्य पश्चिम गण्डक नहरको बाटोमा साँझ करिब साढे छ बजेको समयमा विपरित दिशाबाट आएका दुई भारतीय नम्बर प्लेट भएका मोटर साइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ! जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर २ महल्बारिमा संचालन भएको मादारबाबा मेलाबाट फर्किने क्रममा यु पी ५६ ५६२१ नम्बरको मोटरसाइकल र अर्को विपरित दिशाबाट आउंदै गरेको युपी ५६ एस ५२६० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको स्थानीयले बताएका छन् !
दुर्घटनामा दुवै मोटरसाइकलका चालक र पछाडी बसेकी एक वृद्ध महिला घाइते भएकी हुन ! घाइते तिनजना मध्ये गम्भीर अवस्थामा रहेका भारत महाराजगंज जीला झुलानिपुर घर भएका ग्रिजेस कुर्मीको टाउकोमा गम्भीर चोट लागेको छ ! कुर्मीको अवस्था गम्भीर रहेको छ भने, अर्को घाइते भएका चालक भारत महाराजगंज जिल्ला बेलवाका भिमल यादवको दाहिने खुटा भाँचिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here