नव प्रतिभा गायक नबिन सुनुवारले (घरजम गर्ने) भनेपछि हङ्गामा !

0
2595

फाल्गुन ३ बिहिबार काठमाण्डौ ! नव प्रतिभा गायक नविन सुनुवार (जाल झेलको माया) गीतको भिडियो मार्फत दर्शक स्रोतामाझ आएका छन् ! केहि समय प्रदेशी जीवन बिताएपनि नेपालि गीत संगीतलाई माया गर्ने गायक जोस जमर्कोका साथ् नेपालि गीत संगीत फाँटमा रोमान्टिक गीत (जाल झेलको माया मार्फत) दमाकेदार प्रवेश गरेका छन ! प्रदेशमा हुँदा पनि नेपालि गीत संगीत गुनगुनाई रहने नव प्रतिभा गायक नबिन यो गीतबाट आफुले सांगीतिक क्षेत्रमा एउटा इट्टा थप्नेमा बिश्वास ब्यक्त गरेका छन् ! यस जालझेलको गीतलाई गीतकार भानु सुनुवारले रचना गरेका छन् भने, चर्चित गायक संगीतकार पुस्कर सुनुवारको संगीत तथा संगीत संयोजनमा गायक नबिन सुनुवारले स्वर दिएका छन् ! रोमान्टिक गीत संगसंगै भाबुक टाईपका गीत पनि बहुबी गाउने नव प्रतिभा गायक नबिन भन्छन, प्रदेशी जीवनका दुख भोगाइ मैले राम्ररी भोगेको छु ! प्रदेशमा नेपालि दाजुभाई हरुले पाएका दुख बेदनाहरुलाई पनि म गीत मार्फत प्रस्तुत गर्नेछु अबको पालोमा ! र मनमा खुसि छाएको छ , यो रमाइलो गीतले मलाइ दर्शक स्रोतमा चिनाउनेमा म पूर्ण बिस्वस्त छु भन्छन गायक नबिन ! यस गीतको भिडियोलाई केशवराज रसाईलीले छायांकन गरेका छन् भने , मोहन सुनुवार (नबिन)ले सो भिडियोलाई सम्पादन गरेका हुन् , यस भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ ! यस गीतको भिडियोले यु ट्युबमा सार्वजनिक गरे लगत्तै तिब्र गतिले दर्शक स्रोताको साथ् पाइरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here