नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता |

0
679

२३ काठमाण्डौ | सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन्। सिँचाइ आयोजनाको रामधुनी नगरपालिका ३ स्थित झुम्का बजारमा नहरमा डुबेर एकै परिवारका दुईजना बालबालिका बेपत्ता भएका हुन्।

मंगलबार दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीया सृजना खड्का र नौ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नहरमा भाँडा माझ्ने क्रममा पानीले थाल बगाएपछि थाल टिप्न आश्विन नहरमा पसेका थिए।

नहरमा थाल टिप्न पसेका भाइ डुबेपछि भाइलाई बचाउन पसेकी सृजना पनि बेपत्ता भएकी हुन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। खोजी कार्यमा सशस्त्र प्रहरीको दुईवटा गोताखोरको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। थाहा संवाददाता सम्बन्धित समाचार |स्रोत थाहा समाचार |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here