नांगै भएर तमासा गरे यात्रुले :हवाईजहाज भित्र !

0
1410

माघ २६ शुक्रबार काठमान्डौ !
अमेरिकाको सीएटल बाट एङ्कोरेजका लागि उडेको एउटा जहाज पुन एङ्कोरेज विमान स्थलमै फिर्ता हुन बाध्य भएको छ ! मध्ये आकाशमा उडिरहेको अलास्का एयरलाइन्सको जहाज भित्र एक जना यात्रुले नाङ्गियेर तमासा गरेपछि जहाजलाइ उडान भरेकै विमानस्थलमा फिर्ता गर्नु परेको हो ! समाचार अनुसार जहाज भित्र रहेको एक जना यात्रु जहाजको वाथरुममा छिरेर जिउका सबै कपडा फुकालेर तमासा गर्न थालेका थिए ! एयर होस्टेज हरुले ति यात्रुलाई कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेता पनि उनले अस्विकार गरि नाङ्गै उफ्रिन थाले ! त्यसपछि जहाजको पाइलटलाई उक्त परिस्थितिको जानकारी गराईयो पाइलटले उक्त घटना पछि जहाजलाई सिएटल लाग्नुको साटो फर्काएर एङ्कोरेज ल्याउनुनै छिटो हुने ठानी जहाज मोडे ! रातको तिन बजे जहाज एङ्कोरेज विमान स्थलमा फिर्ता भएर अवतरण गर्यो ! जहाज अवतरण भएपछि पुलिसले जहाज भित्रबाट उक्त व्यक्तिलाई बाहिर निकाल्यो ति मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पाइलटले जहाजलाई पुन सिएटल तर्फ़ उडायेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here