नाम एक प्रतिभा अनेक गायक रमेश श्रेष्ठ (मेलोडी) !

0
925

चैत २ काठमाण्डौ ! विगत लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक तथा संगीतकार रमेश श्रेष्ठ मेलोडी दर्शक स्रोताको लागि कुनै नौलो नाम भने होइन ।
विगत २०६० सालदेखि औपचारिक संगीत शिक्षा लिई संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ दोलखा भिमेश्वरी–११ मकैबारीमा बुबा अम्बर बहदुर श्रेष्ठ र आमा विष्णु माया श्रेष्ठकी कोखबाट जन्म लिई दोलखाको रमणीय एवं पर्यटकीयस्थल गौरीशंकर हिमाल पर्वत काखको वरिपरि हुर्किएर कर्मथलो बनाउन राजधानी प्रवेश गरेका हुन् ।
हाल उनी भक्तपुर चागुनारायणमा बस्दै आएका छन । तीन दर्जनभन्दा बढी संगीत सिर्जना र दुई दर्जनभन्दा बढी आफ्नो सांगीतिक आवाज दिई सकेका गायक तथा संगीतकार श्रेष्ठको केही समय अगाडि दुई वटा एल्बम पनि सार्वजानिक गरिसकेका छन । ‘आँखा’,‘आँखिझ्याल’ र अहिले तेस्रो नयाँ एल्बमको तयारीमा जुटेका उनले जानकारी दिएका छन् । उनि गाउन मात्र नभई शब्द रचना तथा संगीत पनी मिठासपूर्ण गर्छन ,गायकमा शब्दलाई संगीतमा ढाल्न सक्ने खुबी पनी हुनु पर्छ भन्छन गायक श्रेष्ठ ! शब्द रचना गाउन संगीत गर्नका साथसाथै उनि नेपालमा हुने विभिन्न महोत्सव मेलाहरुमा कार्यक्रम संचालकका रुपमा पनी उत्तिकै खुबी भएका मानिनछन गायक रमेश श्रेष्ठ मेलोडी ,त्यसैले उनलाई उनका फ्यानहरुले (नाम एक प्रतिभा अनेक) भएका गायक भनि चिन्दछन् ! उनका अत्यधिक सफल गीतहरुमा
हातमा पूजाको थाली, कसिएको मनको गाँठो, जोडेर अन्तै र दुखाएर बोलको गीतहरु उनले दिएको संगीतमा स्रोताहरुले रुचाईएका गीतमा पर्दछन् । उक्त गीत गायक शिव परियारको आवाजमा रहेको छ भने, राधेश्याम निराश, सुमन मैनाली, पृतम थापा मगर र प्रदिप थापाको शब्द रहेको छ । प्रमोद खरेलको आवाजमा सजिएको ‘सँगै जिउने’ र क्रिकेट सम्बन्धी गीत पनि रहेको छ, यस गीतमा भने शब्द रोहित घिमिरेको रहेको छ ।केहि समय अगाडी तीजको छेक पारी
रामचन्द्र काफ्ले र शेलीना कुँवरको तीज गीत केही समय अगाडि सार्वजानिक गरिएको थियो । यस गीतलाई स्रोता एवं दर्शकदीर्घले अत्याधिक रुपमा रुचाएको थियो । अहिले भने मेलिना राई र सबिन लिम्बू आङ्वोको गीत रेकर्डको तयारीमा र साहिमा श्रेष्ठसँगको युगल गीत ‘पानी तालमा छ’ बोलको गीत रेकर्ड भैसकेको र यो गीत पनी स्रोताहरुको रोजाईमा पर्ने गायक एवं संगीतकार मेलोडी बताउँछन् । उनलाई निरन्तर यसै गरी सांगीतिक क्षेत्रमा सफलता मिलिरहोस सन्ध्या टिभीको गायक रमेश श्रेष्ठ (मेलोडी) ज्युलाइ शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here