चलचित्र ‘नाई न भन्नु ल ४’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् आँचल शर्मा । उनको गत वर्ष दुई चलचित्र ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ प्रदर्शनमा आए । जोनी जेन्टलम्यानले अपेक्षा अनुरूप कमाई गर्न नसके पनि शत्रु गतेले भने बक्स अफिसमा हंगामा मच्चाएको थियो ।
तर जम्बो कलाकार टोलीको भिडमा परेकी आँचल जस भने पाइनन् । आँचल चलचित्र भन्दा बढी नायक पल शाहसँगको प्रेमचर्चाले भने मिडियामा छाइरहेकी हुन्छिन् । चलचित्र शत्रु गते पश्चात् आँचल कुनै नयाँ प्रोजेक्टमा अनुवन्धन भएको समाचार बाहिरिएको छैन ।