नायिका एलिना बासकोटा साउथ इण्डियन फिल्ममा काम गर्दै |

0
1069

पुष ८ काठमाण्डौ | नेपाली सिने क्षेत्रबाट छलाङ्ग मार्दै नायिका एलिना बासकोटा साउथ इण्डियन मुभिमा पुगेकी छिन् । नेपाली सिने जगतमा प्रवेश गरेको सानो समयमै दर्शकहरूमाझ लोकप्रियता कमाउन सफल नायिका एलिना बासकोटालाई साउथ इण्डियन मुभी सम्म पुग्ने मौका भने “टिकटक” नामक मनोरंजनात्मक एप्सले जुराएको हो ।

सामाजिक सञ्जालमा निकै नै चर्चामा रहेको मनोरञ्जनात्मक म्युजिक भिडियो एप्स “टिक–टक”मा केही समय अघि आप्mनो भिडियो राखेपछि साउथ इण्डियन मुभिका कोरियोग्राफरले प्रभावित भएर फिल्ममा आइटम डान्सको प्रस्ताव गरेपछि आफूले स्वीकार गर्दै साउथ इण्डियन फिल्मको यात्रामा आफ्नो पाइला अघि सारेको नायिका एलिनाले बताउनु भयो ।
नायिका एलिनाका अनुसार मंजितद्वारा निर्देशित साउथ इण्डियन फिल्म, “कोचिन शादी एट चेन्नई–३”को लागि आइटम गीतमा नृत्य गर्न कोरियोग्राफर रेजिन जोयले प्रस्ताव गरेपछि आफू यतिखेर सो गीतको छायांकनको लागि साउथ इण्डिया पुगेको बताईन् ।

यसअघि फेरी फेरी, आइ एम क्रेजी, अहिंसा, संजिवनी, अदालत लगायतको फिल्म तथा टेलिफिल्मका साथै भोजुरी फिल्म “चण्डी” समेतमा अभिनय गरी आफ्नो उत्कृष्ट कलाकारिताबाट छोटो समयमै दर्शकहरूमाझ लोकप्रियता कमाएकी नायिका एलिनाले भारतीय फिल्ममा अवसर पाउनु उनका प्mयानहरू र सिंगो कलाकारिता क्षेत्रको लागि गौरवको कुरा हो ।os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here