नायिका खुश्बु खड्काले अनाथ बालबालिकाहरुसंग आफ्नो जन्मदिन मनाईन !

0
621

१३ काठमाण्डौ !  चर्चित नायि खुश्बु खड्काले  आफ्नो  जन्मदिन राजधानीको धापासीमा अवस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’मा आश्रित अनाथ बालबालिकाहरुसंग मनाएकी छिन् । उनले बालबालिकाहरुलार्इ खान खुवाउनुका साथै खाद्यन्य सामाग्री वितरण गरेकी थिइन । जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको खुशी आनन्दमहशुश गरेको बताउँछिन् । आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने पनि उनले बताइन । नायिका खड्का अभिनय संगै सामाजिक कार्यमा पनि अग्रसर छिन् !अनाथ आश्रमकि सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ अपाङ्ग बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको जानकारी दिइन ।  दर्जनौ राष्ट्रिय अवार्डबाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्त अभिनेत्री हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here