काठमाण्डौ ! नायिका पुर्णिमा लामाको निर्माण, एन बि महर्जनको निर्देशन रहेको चलचित्र हिरोजको राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको छ ! सो फिल्मको ट्रेलर सहित फिल्ममा समावेश ४ गीतको भिडियो पनि सार्वजनीक गरिएको छ ! यहि चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रेस मिट्मा अभिनेत्री तथा निर्मात्री पुर्णिमा लामाले आफु चाहेर निर्माता नबनेको खुलासा गरिन ! मैले हिरोज बनाउँदा बहुत दुख पाएँ ,भनिन पैसाले मात्र चलचीत्र बन्दो रहेन छ, उनले रुँदै भनिन ! मेहनत अनुसार चलचित्र निक्कै राम्रो बनेको दाबि गरिन ! यस चलचित्रमा बेरोजगारीको कथा ,पिडा मानव बेचबिखन सामाजिक भेदभाव ,र न्यायको लागि संघर्षको कथा ,समेटिएको एक समसामयिक कथामा आधाअरित चलचित्र बनाएका छौँ भनिन नायिका तथा निर्मात्री पुर्णिमा लामाले ! यस हिरोज चलचित्रमा सदाबहार नायिका करिश्मा मानन्धर ,जय किशन बस्नेत ,पुर्णिमा लामा सन्जोग राणा, कमली वाइवा ,मुकेश ढकाल ,दिलकृष्ण श्रेष्ठ ,सहिन प्रजापति दिनेश डिसी लगायत कलाकारको मुख्य भूमिका यस फिल्ममा देख्न पाइन्छ ! शंकर महर्जनको द्वन्द निर्देशन ,रहेको यस चलचित्रमा छायांकन भने , शिब ढकाल र राम शरण उप्रेतीको रहेको छ , जय लक्ष्मी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र हिरोजको प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् ,चलचित्रको निर्माता ,युवराज लामा ,शेखर लामा ,सन्जोग राणा ,रहेका छन् ! चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ !