साउन ३१ काठमाण्डौ | बुधबार काठमाडौंमा दालभात तरकारीको औपचारिक घोषणा कार्यक्रममा उपस्थित भएकी नायिका कार्कीले आफूहरुले देशै भरका शुभचिन्तकबाट शुभकामना र शुभेच्छा पाएको भन्दै खुशी ब्यक्ति गरिन्।
आफूहरुको विवाह र सम्बन्धबारे धेरैलाई अझै अन्योल रहेको भन्दै उनले स्पष्ट हुन समेत आग्रह गरेकी छिन्। आयुष्मान र आफूबीच अर्को वर्ष विवाह हुने उनले बताइन्। अर्को वर्षको कुन महिनामा विवाह गर्ने भने खुलाइनन्। यो वर्ष आयुष्मान र आफू काममै व्यस्त भएका कारण विवाहको लागि उपयुक्त समय नजुरेको प्रियंकाको भनाइ छ।
अमेरिकामा बस्ने भाईको विदा नमिल्दा यसवर्षको विवाह पछि सरेको उनको तर्क गरिन्। अर्को साल पक्का विवाह गर्ने बताएकी प्रियंकाले केही दिन अघि मात्रै सीमित कालाकार र आफन्तहरुको उपस्थितिमा नायक आयुष्मान देशराज जोशीसाग औंठी साटासाट गरेकी थिइन्। स्रोत नेपालखबर |