नायिका प्रियंका कार्की आमा बन्दै ।

0
1272

चैत ५ काठमाण्डौ ! नायिका प्रियंका कार्की अब बन्न लागेको ‘नाई नभन्नु ल ५’ मा अर्की नायिका स्वस्तिमा खड्काकी आमाको भूमिका गर्ने भएकी छन् । यसअघि ‘छक्का पञ्जा-२’ मा पनि उनी स्वस्तिमाकै आमा बनेर देखिएकी थिइन् रुपमा।
नायिका प्रियंका कार्कीले ‘नाई नभन्नु ल २’ मा पनि बाल-कलाकार अनुभव रेग्मीको आमाको भूमिका गरेकी थिइन् ।
नायिका प्रियंका कार्की एक उचाइमा पुगेकी नायिका हुन् त्यसैले उनले आमाको भूमिका निर्वाह गर्दा उनलाई कत्तिको सुहाउने हो त्यो भने नाइँ न भन्नु ल ५ प्रदर्शन भए पछि था होला ! तर नायिकाहरु एउटा उचाईमा पुगेको समयमा, भूमिकामा विशेष ध्यान दिनु पर्ने हुन्छ । खल-नायिका, आमा, दिदीको भूमिकामा देखिनन चाहेपनि नायिका प्रियंका कार्की । ‘नाई नभन्नु ल ५’ मा आमाको भूमिकामा देखिने भएकी छन् ! नायिका वर्षा सिवाकोटी भने नाइँ न भन्नु ल ४ मा स्वस्तिमाको फुपू बन्न अस्वीकार गरेकी थिइन् । प्रियंका एकपछि अर्को चलचित्रमा ठूलो चश्मा, सेतो कपाल, सारी लगाएर आमाको भूमिका मा देखिंदा कतै उनको करियरलाई ढक्क लाग्ने त होइन के हुन्छ त्यो भने हेर्न बाँकी नै छ ! तर नायिका प्रियंका भन्छिन कलाकार भए पछि जस्तो सुकै भूमिका पनि गर्नु पर्चा भन्ने उनको मान्यता छ ! ।’ वास्तविक जीवनमा हेर्ने हो भने प्रियंका निकै ग्ल्यामरस छिन् । सार्वजनिक कार्यक्रममा पनि उनको ड्रेसअप बोल्ड हुने गर्छ ।
उनी भन्छिन्-‘मलाई रियल लाइफमा जे छु, पर्दामा पनि त्यस्तै देखाउनुपर्छ भन्ने लाग्दैन । फरक-फरक भूमिकामा काम गर्दा छुट्टै रमाइलो लाग्छ । मैले पर्दामा आमाको भूमिकामा काम गर्दैमा बाटोमा पनि मलाई कसैले अन्टी, आमा भनेर बोलाउन्दैनन । कलाकार भैसकेपछि हरेक भूमिकामा गर्न जान्नुपर्छ ।’उनको भनाइ छ ! तर नायिका
प्रियंकालाई चलचित्र क्षेत्रमा जम्नको लागि र राम्रा ब्यानर नगुमाउकि भनेर जस्तो भूमिकामा पनि काम गरिरहेको आरोप कतिपयले । प्रियंका आरोपको खण्डन गर्दै भन्छिन्-‘मलाई अहिले देशका सबैभन्दा चलेका, पहिलो लिस्टका ब्यानरले खोजिरहनु भएको छ । म त्यसको सम्मान गर्न चाहन्छु । कुनै चलचित्रमा १०० मिनेटको भूमिका छ भने ९० मिनेट म नदेखिएपनि केहि छैन । तर, १० मिनेट देखिँदा पनि मेरो भूमिकाले समाज र दर्शकलाई प्रभाव पार्नुपर्छ भन्छिन नायिका प्रियंका कार्की !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here