नायिका रिया श्रेष्ठ पागल भइन |

0
668

काठमाडौँ | देश बिदेशमा अत्याधिक तहल्का मच्याएकी नायिका तथा मोडेल रिया श्रेष्ठ र पछिल्लो समयमा एकपछि अर्को गर्दै म्युजिक भिडियोमा अभिनय गर्दै आएका सफल मोडेल शेरबहादुर मगरले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्
दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडेल रिया श्रेष्ठ स्टेज कार्यक्रममा निक्कै जम्ने गरेकी छन् । रिया श्रेष्ठ स्टेजमा चढेपछि उनको प्रस्तुतिले संगीतिक माहोल तातिने गरेकोछ ।

इटहरीको गोकर्ण रिसोर्ट र सप्तकोशीको सेरोफेरोमा छायांकन गरिको यो म्युजिक भिडियो अन्य म्युजिक भिडियो भन्दा पृथक रहेको निर्देशक नेत्र किरातीले बताएका छन् । यो म्युजिक भिडियोमा मोडेल रिया एक मानसिक सन्तुलन गुमाएकी महिलाको रोलमा रहेकी छन् भने मानसिक सन्तुलन गुमाएकी रिया श्रेष्ठलाई मोडेल शेरबहादुरले उद्धार गरेका छन् ।
अहिलेका ब्यस्त क्यामेरामेन ओम प्रसाई भन्छन गीतको म्युजिक भिडियो अलिकति पृथक सैलिमा बनाएका छौ ।
रोशन कुमार लोको शब्द संगीत तथा स्वर रहेको यो गीत कलाकार तथा क्यामेरा मेन ओम प्रसाईको पहिलो गीति एल्बम पर्खाइमा समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here