नायिका श्वेता खड्कालाई दर्शकको मायाँ !

0
603

फागुन ९ बुधबार काठमाण्डौ !
कान्छी फिल्मकी निर्मात्री तथा नायिकाले आफुले बनाएको तथा आफु अभिनित चलचित्रले दर्शकको भरपुर साथ माया पाउँदा खुशी ब्यक्त गरेकी छिन् ! चलचित्र रिलिज भएको एक हप्ता हुँदा पनि दर्शको चाप नघटेको र सबै टाइपका दर्शकले मन पराएकोमा श्वेता खड्का दङ्ग छिन् ! भन्छिन चलचित्र रिलिज हुनु भन्दा अगाडी कस्तो हुनेहो भन्ने डरले सताएको तर अहिले सबैको प्रतिक्रिया राम्रो पाउँदा ढुक्कले सास फेर्न पाएकी छु ! उनले भनिन मेरो लागि पैसा भन्दा पनि दर्शकको माया मेरो लागि अमुल्य रहेको छ ! दर्शको मायालाई मैले पैसा संग तुलना गर्न मिल्दैन ! किन भने मैले सोंचेको पनि थिइन ,सोंचेको भन्दा बढी माया पाएकोमा आफुलाई भाग्यमानि मानेकी छु ! यो मायाले गर्दा मलाइ चलचित्र क्षेत्रमा अझै राम्रा राम्रा चलचित्र बनाउने दर्शकहरुबाट प्रेरणा मिलेको छ ! त्यसैले दर्शकको मायालाई मैले पैसासंग तुलना कहिले गर्ने छैन ! यदि पैसाले हौशला माया किन्न पाए ,संसारका सबै भन्दा धनिलेमात्र माया पाउने थिए ! यो मेरो खुशी को श्रेय भनेको दर्शकलाईनै हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here