नितासंग प्रमोदको जोडी

0
2416

!!
मङ्सिर २२ शुक्रबार काठमाण्डौ < नायिका निता ढुंगाना र नायक प्रमोद भारद्वाजले, छायांकन भैरहेको एक चलचित्रमा जोडी बाँधेका छन् ! बैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको कथामा आधारित चलचित्र रियाल रिंगेट ,बनिरहेको छ ! यो चलचित्रलाई दिपक अधिकारीले निर्देशन गरेका हुन् !दिपकले यहि चलचित्रबाट डेब्यु गरेका हुन् ! चलचित्रमा प्रमोद र निताको साथमा छुलठिम गुरुङ , राम चन्द्र अधिकारि, लगायतका कलाकारले अभिनय गरेका छन् ! प्रदिप भारद्वाजले चलचित्रको कथा लेखेका हुन ! नायक प्रमोदका अनुसार नाम रियल रिंगेट भएपनि यसले विश्वभर श्रमका लागि पुगेका नेपालि हरुको कथा बोल्नेछ ! ७० लाखको बजेटमा निर्माण भैरहेको चलचित्रको पूर्वको दमक ,बिर्तामोड ,पथरी ,ईलाम लगायतका स्थानमा धमाधम छायांकन भैरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here