निर्देशक योगेश घिमिरेको नयाँ फिल्म (राधा २) मा नायिका प्रियंका कार्की पक्का |

0
725

साउन २५ काठमाण्डौ | निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । दुई वर्षअघिको सफल फिल्म’राधा’निर्देशन गरेका उनी अहिले नयाँ फिल्मको प्रि-प्रोडक्सन छन्। फिल्मको पटकथा तयार भइसकेको छ भने छायांकनका लागि झापा, इलाम र दार्जलिङ लाइ छनोट गरिएको छ।

फिल्मका लागि मुख्य भूमिकामा अहिलेकी चर्चित नायिका प्रियंका कार्की फाइनल भएकी छन् भने नायकको छनोट हुन बाँकी रहेको निर्देशक घिमिरेले बताउँछन्। फिल्मका लागि नवनायकको खोजी भइरहेको उनले बताए। भदौको २५ गतेबाट छायांकनमा जाने यस फिल्मालाई संजय न्यौपानेले निर्माण गर्नेछन्।

उक्त फिल्ममा पटकथा प्रदीप भारद्वजले तयार पारेका छन् । हालसम्म फिल्मको नाम नतोकिए पनि ‘राधा २’ रहन सक्ने संभावना बढी देखिन्छ। फिल्मको नाम ‘राधा २’ रहे पनि कथावस्तु भने फरक रहने बताइएको छ। ‘राधा’मा मुख्य भूमिकामा प्रस्तुत भएका जीवन लुइँटेल र संचिता लुइँटेल यस फिल्ममा रहनेछैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here