निर्देशनमा राजु गिरीको निर्देशनमा निर्जला आउँदै !

0
802

चैत ६ काठमाण्डौ । विभिन्न हत्कण्डा मार्फत चर्चामा आइरहने निर्देशक राजु गिरीको निर्देशनमा बनेको चलचित्र निर्जलाको सबै काम सकेर युएस र अष्ट्रेलियामा प्रदर्शनको तयारी गरिरहेको निर्माण पक्षले बताएको छ । चलचित्र निर्जला नेपालका सिनेमा घरहरुमा भने २०७५ फुलपातीमा सार्वजनिक हुने जानकारी प्राप्त भएको छ !
प्रकाशचन्द्र न्याउपानेले निर्माण गरेको चलचित्र निर्जलालाई राजु गिरी प्रोडक्सनको सहयोगमा शुभश्री प्रोडक्स प्रालिले बजारमा ल्याउने भएको छ । चलचित्रको कार्यकारी निर्माता भने नायिका शुभेच्छा थापा रहेकी छिन् ! निर्जला चलचित्रमा रबि कोइरालाको छायांकन रहेको छ भने, उक्त चलचित्रमा बाबुल गिरीको संगीत रहेको छ ! सोहि फिल्ममा अशोक खड्काको द्वन्द कमल राइ र क्रान्ति केसीको नृत्य निर्देशन रहेको छ ! चलचित्रमा नायिका सुभेच्छा थापाको कथा पटकथा रहेको छ ! त्यसै गरी यस चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गरेका छन्
शिखरन्युज चलचीत्रकाे मिडिया पार्टनर रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here