निर्बाचन आयोगले २५ कार्तिक बाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ !

0
1289

निर्बाचन आयोगले २५ कार्तिक बाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ !निर्धारित कार्यक्रम भन्दा माथि १५ दिन ढिला गरि आयोगले मतदाता शिक्षा स्वयमसेबी कार्यकर्ता परिचालन गरेको हो !! प्रदेश प्रतिनिधि सभा निर्वाचनका लागि एउटी पानामा दुइ वटा मत पत्र छाप्ने तयारी गरेको आयोगले सर्बोच्च अदालत ले छुट्टा छुट्टै पानामा मतपत्र तयार गर्न आदेश दिएपछि, मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको जनाएको छ ! झन्डै २० हजार मतदाता शिक्षा स्वयमसेबी खटिने भएका छन् !
आयोग लेस्थानीय तह निर्बाचन पछि गरेको मतदान केन्द्र पुनराबलोकन अनुसार अहिले १९ हजार ८०९ मतदान केन्द्र छन् ! (२) प्रत्येक स्थानीय तहमा निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा नमुना मतदान गराउदै छ ! मतदान बदर प्रतिशत घटाउन र मतदान झन्झटिलो नहोस भन्ने उद्देश्यले नमुना मतदान गराउने घोसणा गराउने प्रबक्ता नवराज ढकालले जानकारी गराए ! त्यसो गर्दा ७५३ स्थानमा नमुना मतदान हुनेछ !( ३) १८ लाख नमुनापत्र,,, मतदाता शिक्षाका लागि आयोगले १८ प्रतिशत नमुनापत्र छापेको छ ! नमुना मतदानका लागि आयोग ले ११ लाख समानुपातिक को लागि नमुना पत्र छापेको हो ! निर्वाचन क्षेत्र अनुसार फरक फरक ढांचा का मतपत्र भएको हुनाले नमुना मतदान पनि त्यसै अनुसार गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here