निर्मलाका हत्यारालाई रत्नपार्कमा खोज्दै छ: सरकार |

0
176

पुष १८ काठमाडौं–राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले यस्तो बताएका हुन् ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै केसीले भने,‘अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा पिसाव फेर्ने काम भैरहेका छन्, अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा छ, मैले धेरै भनें, बोलें र आग्रह गरें, कतिले मलाई पद नपाएर छ्टपटाएको भनेर आरोपसमेत लगाए, अब करिब हारेको स्थितिमा छु, ठूलो षड्यन्त्रकाबीचमा राजदरवार घट्ना भयो, त्यसको जिम्मा सेनाले लिन सकेन, देश निर्माण गर्ने मानिसका बारेमा यति धेरै भ्रम छन्, नक्कली ईतिहाँस लेखेर सन्ततीहरुलाई झुठो प्रचार गरिँदैछ, किर्तीपुरमा ईतिहास पढ्ने विद्यार्थी छैनन्, अनि भावि दिनहरुमा कसरी हाम्रो ईतिहास बाँच्छ ?’ lokaantar.com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here