निर्मलाको हत्यारा पत्ता लागे:बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको हत्याराको भनाई |

0
588

मङ्सिर २३ काठमाण्डौ | निर्मलाको हत्यारा पत्ता लागे : प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरे : यस्तालाई कस्तो सजाय हुनुपर्छ सबैले आफ्नो मत राख्नुहोला |
मङ्सिर २३ काठमाण्डौ | सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो ।

महेन्द्रनगर-१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ ।

पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि पछि आएको उनको भनाइ छ ।

नर्मलासँग गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको उनले बताएका छन् । पछि विशालले समेत बलात्कार गरेको उनले प्रहरीलाई बताएका छन् । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ ।, याे खबर आजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here