१८ मङ्सिर सोमबार काठमाण्डौ <शान्तिपूर्ण निश्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्न स्थानिय प्रशासनले जिल्ला मा मदिराको बिक्रि वितरण तथा सेवनमा रोक लगाएको छ ! जिल्ला समिति सुरक्षाको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभए सम्मका लागि जिल्लामा मदिरा बिक्रि ,वितरण ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेलले जानकारी दिनु भयो ! उँहाले निर्वाचनका क्रममा मदिरा सेवन गरेकाबाट हो,हलल्ला र शान्ति भङ्ग हुनका साथै मदिरा खुवाएर मतदातालाई प्रभावित पार्ने भएकाले निर्वाचन सम्पन्न नभए सम्मका लागी बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको हो ! स्थानीय प्रशासनको निर्देशन लाई अबहेलना गर्दै मदिरा बिक्रि वितरण तथा सेवन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारि पौडेलले जानकारी दिनु भयो !