निर्वाचित र पराजित दुवै घरदैलोमा !!

0
1172

मङ्सिर २८ बिहिबार काठमाण्डौ
एमाले नेता लाल बाबु पण्डित निर्वाचन परिणाम घोषणा भए एता आफ्नो क्षेत्रका मतदाताको घरदैलो पुगिरहेका छन् ! उनि बुधबार सुन्दर हरैचाको एक बस्तीमा आफुलाई मत दिएर बिजयी गराएकोमा मतदातालाई धन्यबाद दिंदै थिए ! अस्ति मत माग्दै जहाँ जहाँ ,पुगियो ऐले तिनै ठाउँका मतदाता समक्ष पुगिरहेको छु ! पण्डितले भने ,आफुले गरेका बाचा पुरा गर्न मतदाताले आग्रह गरिरहेका छन् !,म त्यो अवश्य गर्छु ! निर्वाचन अघि र पछि ,गाउँ घर पुग्दा स्थानिय बासिन्दामा उत्तिकै उत्शाह पाएको उनले बताए , मोरङ ६ मा पण्डित संग पराजित कांग्रेस नेता शेखर कोइराला पनि उसै गरि मत दाताको घरदैलो पुगिरहेका छन् ! आफु र आफ्नो पार्टीलाई मत दिने मतदाता लाई उनि पनि धन्यबाद दिई रहेका छन् ! उनले निर्वाचन परिणाम लाई सहज रुपमा लिएको भन्दै मतदाता समक्ष आफु मुलुकको सम्वृद्धि र लोकतन्त्र संस्थागत गर्न अविचलित रुपमा लागिरहने प्रतिबद्धता ब्यक्त गरिरहेका छन् ! जित हार प्राबिधिक कुरा हो ! कोइराला भन्छन ! लोकतन्त्रको जन्मभूमि बिराट नगर र मोरङको बिकाशको लागि सन्धी लागिरहने छु !
मोरङ १ बाट निर्वाचित घनश्याम खतिवडा पनि उत्तर पुर्बी गाउँ हरुमा आयोजित बिजय शभा र घरदैलो कार्यक्रममा सहभागी भैरहेका छन् ! निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार नदि नियन्त्रण ,ब्यबस्थित सडक ,भरपर्दो खानेपानी , सुबिधा बाताबरण ,सम्रक्षन जस्ता कुरा पुरा गर्ने बाचा उनले मतदाता संग गरिरहेका छन् ! म जनताको सेवक हुँ खतिवडाले भने , मतदाताको बेवास्था गर्ने कुरै हुँदैन, ! प्रदेश शभा सदस्यामा निर्वाचित एमाले माओबादि कांग्रेस संघिय समाजबादी फोरम लगायातका नेता पनि आफ्नो क्षेत्रका बिकाशका लागि संधै प्रयासरत रहने बाचा गरिरहेका छन् ! प्रतिनिधि सभा तर्फ़,६ वटा क्षेत्र रहेको मोरङ मुलुकमै सबै भन्दा बढी मतदाता रहेको जिल्ला हो ,यहाँ ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन् ! प्रदेश सभा सदस्यका रुपमा जिल्लाका १२ जनाले प्रतिनिधित्व गर्दै छन् ! प्रतिनिधिसभा सदस्यमा एमालेका तिन , माओबादिका दुई र कांग्रेसका एक जना उम्मेदवार निर्वाचित भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here