निशाको यादमा तड्पिए हसन

0
950

काठमाडौं – अभिनेता हसनराजा खान अभिनेत्री निशा अधिकारीको यादमा तड्पिएका छन् । २४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘रोमियो’को एक गीतमा उनले निशाको यादमा तड्पिको बिचार राखेका हुन् । चलचित्रको यो सेन्टिमेन्टल गीत निर्माण युनिटले भर्खर सार्वजनिक गरेको छ ।

शंकर कार्कीको निर्देशन रहअ‍ेको चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको छ ।

कुर्बान अली खान र अमृता लिम्बुको आवाज रहेको गीतमा कुर्वानकै शब्द तथा संगीत छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन सापकोटा निर्माता, बिष्णु कार्की सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, अष्ट महर्जनको एक्सन छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रबाट हसनले आसावादी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here