नेपालका महेश्वर महर्जनले भारतलाई पछि पार्दै १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्पर्ण पदक जितेका छन् |

0
688

पुष २ काठमाण्डौ | थाइल्यान्डमा जारी १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्पर्ण पदक जितेका छन् ।उनले पुरुष ७५ केजी तौल समूहको फाइनलमा स्वर्ण जितेका हु्न । महेश्वरले जितेको स्वर्ण पदक थाप्ने क्रममा आयोजकले नेपालको राष्ट्रिय गानको धुन भने पुरानै ‘श्रीमान गम्भीर नेपाली ।।।।।’ बजाएको थियो ।

अन्तरार्ष्ट्रिय ठूला प्रतियोगिताहरुमा कुनैपनि देशले जितेको पदक दिने क्रममा सोही देशको राष्ट्रिय धून बजाउने प्रचलन छ । नेपालको नयाँ राष्ट्रिय गान सयौं थुङ्गा ।।।। बोलको धुन नबजेपनि नेपाली पदाधिकारी र खेलाडीले पुरानै धुनमा पदक थापेका थिए ।महेश्वरले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here