नेपालका ३५ लाख एटिएम कार्ड जोखिममा पिन नम्बर तत्काल बदल्नुस ! अन्तरराष्ट्रिय ह्याकरको गिरोह नेपाल मा सक्रिय ! २२ कर्तिक काठमाडौँ करिब २ वर्ष अगाडी नेपाल प्रहरी केन्द्रिय कार्यालय अनुसन्धान ब्युरो (सीआइ बि )ले एक टर्किस नागरिक मेहमत गुलेनलाई नेपालका एटिएम बुथ बाट झिकिएको २३ लाख रुपैया सहित पक्राउ गर्यो !नेपाल मा आयेर अर्काको एटिएम बाट पैसा चोरी गरेको आरोप मा गुलेनलाई पक्राउ पर्नुलाई(सी आइ बि) ले नौलो घटना को रुपमा लियेको थियो ! यस्ता घटना लै खासै चासो नदिएको ! सी आइ बि तब झस्कियो जब अनाधिकृत रुपमा रकम झिक्ने बिदेशी नागरीकहरुको खुलासा हुँदै गयो !एटिएम ह्याक गर्ने अन्तरराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिंग सुरछ्या चुनौतिपूर्ण बन्न थालेको छ ! (सी बि आइ) का प्रमुख डि आइ जी नवराज सिलवाल का अनुसार नेपाल का ३५ लाख एटिएम कार्ड जोखिम मा छन् !पछिल्लो समय एटिएम बुथ बाट पैसा चोरी गर्ने बिदेशी नागरिक हरु समेत को संगठित गिरोह नै नेपाल मा सक्रिय रहेको खुलेको छ !संगठित गिरोह ले अर्काको एटिएम पिन प्रयोग गरेर रकम निकाल्ने कार्य मा सक्रिय हुने गरेको खुलासा भयेको छ ! संगठित कार्य मा संलग्न रोमानिया का ३ नागरिकलाई पक्रेर (सी बि आइ) ले सोमबार मात्रै सार्बजनिक गरेको हो