नेपालकी सुन्दरी श्रृंखला खतिवडा उनका फ्यानहरुले उनलाई टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् ।

0
753

२४ मंसिर, काठमाडौं । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी सुन्दरी श्रृंखला खतिवडा प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै टप १२ सम्म पुगिन् ।

यसपालिको मिस वर्ल्डले नेपालमा जबरजस्त चर्चा र बहस जन्माइरहेको छ । सम्भवतः पहिलोपटक नेपाललाई उपाधिको दावेदारका रुपमा लिएका थिए, अन्तरराष्ट्रिय सौन्दर्य विज्ञहरुले । नेपालमा श्रृंखलाको फ्यान फलोइङ अभूतपूर्व देखियो । उनलाई मिस वर्ल्डका रुपमा हेर्न नेपालीहरु आतुर थिए । उनका फ्यानहरुले टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here