साउन ३० काठमाण्डौ |अघिल्लो हप्तासम्म प्रतिकेजी तीनदेखि पाँच रुपैयाँमा बिक्री भएको गोलभेँडा अहिले प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म बिक्री हुन थालेको छ। भारत निर्यातमा नेपालको गोलभेँडा कृषि उपजको सूचीमा नपरेको बहानामा मूल्य घटेको थियो।
अहिले भारततर्फको नर्यात खुलेसँगै मूल्य बढेको हो। ‘अघिल्लो हप्ता ४–५ रुपैयाँमा पनि बिक्री हुन मुस्किल थियो’, स्थानीय अगम राईले भने, ‘अहिले २० रुपैयाँ सम्ममा बिक्री हुन थालेपछि किसानलाई केही राहत भएको छ।’ अघिल्लो वर्ष यो समयमा प्रतिकेजी ७० रुपैयाँसम्ममा गोलभेँडा बिक्री गरेको उनले बताए।
धनकुटा नगरपालिका–९ बेलहाराका धेरै जसो किसानले गोलभेँडा खेती गर्ने गरेका छन्। त्यसैगरी शहीदभूमि गाउँपालिकाको खोकु, छिन्ताङलगायतका धेरैजसो किसानले गोलभेँडा लगाएका छन्।स्रोत thahakhabar .com