नेपालको पहिलो सेक्स कमेडी चलचित्र ‘मिस्टर भर्जिन’ |

0
959

साउन २२ काठमाण्डौ | भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को प्रचारमा दौडिएका नायक गौरव पहारि र नायिका मरिष्का पोखरेलले यो चलचित्रलाई नेपालको पहिलो सेक्स कमेडी चलचित्र भनेका छन् । नेपालमा यस्तो खालको चलचित्र यसअगाडि नबनेको भन्दै गौरवले दर्शकले पुरा मनोरञ्जन पाउने बताए ।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘मिस्टर भर्जिन’ चर्चामा छ । नायिका मरिष्का पोखरेलले यसको कथावस्तु राम्रो रहेकाले आफूले साइन गरेको बताइन् । उनले भनिन्–‘यो नेपालको पहिलो सेक्स कमेडी चलचित्र हो । यसैले पनि दर्शकले मनोरञ्जन पाउनुहुनेछ । सबै बर्गका दर्शकले यो चलचित्र हेर्न सक्नुहुनेछ ।’

चलचित्रमा ‘कल गर्ल’ बनेकी नायिका पोखरेलले भनिन्–‘मैले आफ्नो भूमिकाका लागि ठमेलका डान्स बारमा पनि भ्रमण गरेँ ।’ चलचित्रले ३ फरक फरक उमेर समुहका मानिसहरुको समस्यालाई उठान गरेको उनीहरुले बताए ।
विशारद बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा भोलाराज सापकोटा, बिजय बराल, गौरव पहारि, कमलमणि नेपालको मुख्य भूमिका छ । स्रोत अनलाइन खबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here