नेपालमा हुने सलमानको कार्यक्रम नहुने भएको छ !

0
1046

यहि फागुन २६ गते हुने सलमान खानको प्रोग्राम स्थगित भएको जानकारी प्राप्त भएको छ ! सलमान खानको प्रोग्रामलाइ लिएर बिरोध गरिरहेका बिप्लव नेत्र बिक्रमको नेतृत्वको यस्तो खबर थाहा पाएपछि बलिबुड अभिनेता सलमान खान सहितको टोलि प्रोग्रामको लागि नेपाल नआउने भएको छ ! सलमान खानले आफु सहित आफ्नो टिम नेपाल नआउने खबर पठाएका छन् ! त्यसपछि आयोजक संस्था ओडिसी ईन्टरनेशनलले कार्यक्रम रोकेको छ ! आयोजक ओडिसीले कार्यक्रम रोकेको नबताएपनि केहि समय पछाडी कार्यक्रम गर्ने बताएको छ ! कार्यक्रमकै तयारीका लागि भनेर केहि समय अगाडी सलमान का भाइ शोहेल खान आएर फर्किसकेका थिए ! आफु लागायत आफ्नो टिम सहभागी हुने कार्यक्रमलाइ लिएर बिप्लव माओबादिले बिरोध जनाएका सलमानले चित्त दुखाउँदै कार्यक्रममा नआउने बताएका हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here