नेपाली कलाकारको हट अंग्रेजी भिडियो सार्वजनिक |

0
425

पुष १८ काठमाण्डौ | आज अंग्रेजी नया बर्ष २०१९ सुरुवातको दिन हो भने २०१८ लाई बिदाई | यहि दिनलाई पारेर दर्पण मिडिया मार्फत एउटा भिडियो सार्वजनिक भएको छ | भिडियो अंग्रेजी भाषामा रहेको छ तर त्यस भित्र अभिनय गर्ने कलाकार नेपाली हुन् | हलिउड कलाकार संग नेपाली कलाकार तथा नायक रितेश चाम्सले बेजोड अभिनय प्रस्तुत गरेका छन् | हुन त यो भिडियो कुनै हलिउड चलचित्रको सानो अंश जस्तो लाग्छ तर यसको बारेमा कुनै खुलासा भने गरिएको छैन |

भिडियोमा नायक रितेश चाम्स र हलिउड कलाकार रेचलको संवाद रहेको छ | तर उक्त संवाद निकै गम्भीर रहेको छ | भिडियो अवस्था हेर्दा नायक रितेश चाम्स एक सैनिक रहेको र लडाईमा परेर घाइते अवस्थामा रहेको देखिन्छ | हलिउड कलाकार रेचलले लगाएको पहिरनले पनि यहि कुराको संकेत दिन्छ | हुन त अहिले रितेश चाम्स आफ्नो नया चलचित्रको लागि तयारी गरिरहेका छन् | कहिँ त्यहि चलचित्रको केहि दृश्य त होइन यो ? यसको जवाफ त रितेश चाम्सलाई नै थाहा होला या केहि समय पर्खिनै पर्ला |

तर जे होस नेपाली कलाकारले हलिउड कलाकार संग यसरी संगै स्क्रिन शेयर गर्नुले भने राम्रो संदेश दिएको छ | यो नेपाली चलचित्र जगतको लागि पनि ठुलो उपलब्धि मान्न सकिन्छ | नेपाली थुप्रै चलचित्रमा अभिनय गरिसकेका नायक रितेश चाम्सले केहि समय अगाडी बेलायतमा रहेको हलिउड पाईन वुड इन्सिच्युटमा अभिनय लगायत अरु पनि थुप्रै कोर्स गरेका थिए | यस हिसाबले पनि उनि अब नेपाली दर्शकहरुको अगाडी केहि ठुलो र उत्कृष्ट प्रस्तुति लिएर आउन लागेको सम्भावना देखिन्छ |

यो कुरा त आगामी दिनमा नै थाहा हुनेछ तर यति बेला अंग्रेजी नया बर्ष पारेर उनले दर्शकहरुको लागि यो भिडियो बजारमा सार्वजनिक गरेका छन् | उनले आफ्नो अभिनयको सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाब दिनुहुन अनुरोध गरेका छन् | यस्तै उनले अंग्रेजी नया बर्ष २०१९ को सबै दर्शकहरुलाई शुभकामना समेत दिएका छन् | हेर्नुस भिडियो 😐

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here